Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालेन शाह भन्छन् – ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

बालेन शाह भन्छन् – ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर पब्लिक डिबेट नगर्ने स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीसँग पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन्।

ओलीको भनाइका आधारमा आफूलाई देश जलाउने र आतङ्कवादीका रूपमा चित्रित गरिएको आरोप लगाउँदै शाहले त्यसप्रति कडा आपत्ति जनाएका छन्। उनले भदौ २३ गते बालबालिकाको हत्या तथा भदौ २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

ओली पब्लिक डिबेटका लागि तयार भएको भनिए पनि त्यसमा सहभागी नहुने बताउँदै शाहले भनेका छन्, ‘७६ जना बालबालिकाको हत्यारा र उसका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस अपराधमा सामेल भएको अर्थ लाग्छ।’ उनले बालबालिकाको हत्या र त्यससँग सम्बन्धित व्यक्तिहरूसँग कुनै पनि हालतमा एउटै मञ्च साझा नगर्ने अडान दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट