Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

भरतपुरमा विकास मोडल दिन सफल : रेनु दाहाल

भरतपुरमा विकास मोडल दिन सफल : रेनु दाहाल

चितवनलाई आर्थिक विकासको केन्द्र बनाउनेछु

भरतपुर : नौ वर्षको कार्यकालमा भरतपुरमा विकास मोडल दिन सफल भएकी महानगरकी निवर्तमान विकासप्रेमी मेयर रेनु दाहालले चितवन जिल्लालाई नै नमुना जिल्ला बनाउने अठोटका साथ आसन्न प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको उम्मेदवारी दिएको बताएकी छन् ।

चितवन क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तारा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकी रेनु दाहालले भरतपुरलाई झल्झल्ल र हरियाली बनाएपछि सिंगो चितवनलाई नमुना जिल्ला बनाउन जनमत संकलन गर्दै हिँडेको बताएकी छन् । विकासप्रेमी नेतृ दाहालले शुक्रबार नेकपा क्षेत्र नं. ३ को गीतानगर बजारमा स्थापना गरिएको पार्टी कार्यालयको उद्घाटन समारोहमा उक्त विचार व्यक्त गरेकी हुन् ।
चुनाव जितेपछि चितवनलाई वैकल्पिक राजधानी बनाउने अठोट लिएको बताउँदै उनले भनिन्– ‘तपाईँहरुले भोट हालेर मलाई जिताउनुभयो भने चितवनलाई आर्थिक विकासको केन्द्र र व्यापारिक केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’चितवनलाई मेडिकल सिटी, कृषि–पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाएको बताउँदै उनले थपिन्– ‘अब चितवनलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।’

आफ्नो दुई कार्यकालमा भरतपुरलाई हरियाली शहर, उज्यालो शहर र ६ लेनको सडकको बिस्तार गरेको चर्चा गर्दै दाहालले अगाडि बढेर भनिन्– ‘अब मेरो काँधमा निर्माणाधीन भरतपुर सिटी हल, अन्तर्राष्ट्रिय गौतमबुद्ध रंगशाला र अधुरा रहेका राष्ट्रिय गौरवका योजना पूरा गर्ने जिम्मेवारी थपिएको छ ।

भरतपुर अस्पताललाई केन्द्रिय अस्पतालको रुपमा विकास गरेको बताउँदै उनले उच्च सेवासुविधा विस्तार गरेर शिक्षण अस्पतालको रुपमा विकास गर्ने बताइन् ।’ स्थानीय सरकारको अनुभव लिएर राष्ट्रिय राजनीतिमा अघि बढ्न थालेको बताउँदै दाहालले थपिन्– ‘भरतपुरले मलाई चिनायो, मैले भरतपुरलाई देश विदेशमा चिनाएँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij