Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम

बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् ।पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् ।

कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ । त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ ।

पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य रहेको जनाएको छ । त्यसैका लागि बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij