Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

ट्रम्प–मोदी वार्ता सफल: भारतले रुसबाट तेल आयात रोक्ने

ट्रम्प–मोदी वार्ता सफल: भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं : अमेरिका र भारतबीच बहुप्रतीक्षित व्यापारिक समझदारी कायम भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तापछि दुवै देशले व्यापारिक सहकार्यलाई नयाँ चरणमा लैजाने सहमति जनाएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत भारतसँग ठोस व्यापार सम्झौता भएको जानकारी दिँदै यसअघि तोकिएको २५ प्रतिशत आयात कर घटाएर १८ प्रतिशतमा झार्ने निर्णय भएको बताएका छन्।

उता भारतीय प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल एक्समा अमेरिकासँगको सम्झौताप्रति सन्तुष्टि व्यक्त गर्दै यसले दुवै देशको आर्थिक साझेदारी थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। यस सम्झौतासँगै भारतले रुसबाट तेल आयात रोक्ने सहमति गरेको दाबी गरिएको छ। ट्रम्पका अनुसार मोदीले अब अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट बढी मात्रामा तेल खरिद गर्न सहमति जनाएका छन्।

ट्रम्पले मोदीको आग्रहपछि तत्कालै सम्झौतामा सहमति जुटेको उल्लेख गर्दै भारतले आफ्ना भन्सार तथा गैर–भन्सार अवरोधहरू हटाउने र अमेरिकाले भारतबाट आयात हुने वस्तुमा कर छुट दिने बताएका छन्।सम्झौताअनुसार भारतले ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा करिब ५०० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको पनि ट्रम्पले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij