Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कांग्रेसको आह्वान - चिकित्सकदेखि आईटी विज्ञसम्म पार्टीमा आउनुस्

कांग्रेसको आह्वान - चिकित्सकदेखि आईटी विज्ञसम्म पार्टीमा आउनुस्

काठमाडौं : नेपाली कांग्रेसले समाज रूपान्तरण र राष्ट्र निर्माणमा योगदान दिन चाहने विभिन्न क्षेत्रका सक्रिय तथा इच्छुक व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा—चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई नेपाली कांग्रेसमा औपचारिक रूपमा जोडिन आग्रह गरिएको छ। “समाजका विभिन्न क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा पार्टी सभापति गगन थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राखिएको पनि उल्लेख गरिएको छ।कांग्रेसले देश र लोकतन्त्रलाई मजबुत बनाउन नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको ठोस विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन नेपाली कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई हार्दिक अनुरोध गरिएको छ।

adsfm-1770955597.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij