Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्ने सपना छ : प्रचण्ड

रुकुम पूर्वलाई चीन सिमानासम्म पिच सडकले जोड्ने सपना छ : प्रचण्ड

रुकुम पूर्व : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’ लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने लक्ष्य रहेको बताए ।उनका अनुसार शहीद मार्ग चीनको सिमानासम्म विस्तार भएमा मैकोटलगायतका क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुन सक्नेछ।

सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरूको सम्झनामा शहीद मार्ग निर्माणको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले शान्ति सम्झौतापछि आफूहरू सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यकै मार्गको रूपमा स्थापित गरिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij