Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

इरानको प्रदर्शनमा ३२ हजार मारिएको ट्रम्पको दाबी

इरानको प्रदर्शनमा ३२ हजार मारिएको ट्रम्पको दाबी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको सरकार विरोधी प्रदर्शनमा ३२ हजार प्रदर्शनकारी मारिएको दाबी गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले करिब आठ सयलाई फासी दिने तयारी गरेको भए पनि त्यो भने आफूले रोकेको बताएको बीबीसी हिन्दीमा उल्लेख छ। 

‘उन (इरानका सर्वोच्च नेता)ले एक उचित सम्झौता गर्नुपर्छ,’ ट्रम्पले भने, ‘इरानका मानिस आफ्ना नेताबाट धेरै टाढा छन् र यो निकै दु:खको स्थिति हो। त्यहाँ थोरै समयमा ३२ हजार मानिस मारिए।’

अमेरिकी राष्ट्रपतिले इरानको प्रदर्शनका क्रममा मारिनेहरूको संख्याबारे बोलेको यो पहिलो पटक हो । ट्रम्पले आफ्नो चेतावनीकै कारण आठ सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिनबाट रोकिएको समेत दाबी गरे। 

‘उनी ८३७ मानिसलाई फासी दिने तयारीमा थिए,’ ट्रम्पको भनाइ छ, ‘मैले उनलाई यदि तिमी एकजनालाई पनि फासी दियौ भने तिमीलाई तुरुन्त निशाना बनाइने भन्ने सन्देश पठाए र उनले फासी रोके।’ ट्रम्पलाई पत्रकारहरुले इरानमाथिको सम्भावित हमलालाई लिएर प्रश्न सोधेका थिए। उनले जवाफमा इरानमाथि सीमित सैन्य हमला गर्नेबारे विचार गरिरहेको बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट