Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ओलीको चेतावनी- रास्वपाले चुनाव भाँड्न खोज्यो‚ बलजफ्ती निर्वाचन नगराउनू

ओलीको चेतावनी- रास्वपाले चुनाव भाँड्न खोज्यो‚ बलजफ्ती निर्वाचन नगराउनू

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

उनले पछिल्ला केही दिनयताका घटना हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरे। झापाको भद्रपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग उनले रास्वपाले होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको भन्दै तीव्र आलोचना गरे।

रास्वपाले चुनावमा दोहोरो चरित्र देखाएको टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले भने‚ “आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने‚ तर आफ्नो पक्षमा नतिजा आउँदैन भने चुनावै हुन नदिने खालको प्रवृत्ति उहाँहरूमा देखियो।”निर्वाचन भनेको बलजफ्ती गर्ने विषय नभएको ओलीको प्रस्टोक्ति छ। ओलीले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको जबरजस्ती स्वीकार्य नहुने चेतावनी पनि दिए। पछिल्ला घटनाक्रमले रास्वपा निर्वाचन भाँड्ने दिशातर्फ उन्मुख भएको आफूले पाएको ओलीको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट