Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनमा ६४ उम्मेदवारमध्ये २१ जनाले मात्र खोले बैंक खाता

चितवनमा ६४ उम्मेदवारमध्ये २१ जनाले मात्र खोले बैंक खाता

चितवन : प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ६४ जनामध्ये हालसम्म २१ जनाले मात्र बैंक खाता खोलेका छन्। बैंक खाता खोल्नका लागि ३९ जना उम्मेदवारले सिफारिस लिएका थिए।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार सबै उम्मेदवारलाई टेलिफोनमार्फत बैंक खाता खोल्न आग्रह गरिएको छ। “कतिपय उम्मेदवारले त हामी खर्च नै गर्दैनौँ, किन खाता खोल्ने भन्ने गर्नुहुन्छ,” उनले भने, “कतिपयले भने प्रक्रिया अघि बढाइरहेको बताएका छन्।”

उनका अनुसार बैंकिङ खाता अनिवार्य गरिएपछि धेरै उम्मेदवार तथा प्रतिनिधिहरू आवश्यक प्रक्रिया र सिफारिसबारे जानकारी लिन कार्यालय आएका छन्। तर खाता खोल्ने क्रम भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोग र त्यससम्बन्धी खर्चलाई मितव्ययी तथा पारदर्शी बनाउन बैंकिङ खाता अनिवार्य गरेको हो। सबै चुनावी खर्च एउटै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच, जिल्लामा रहेका १२ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन्। तीमध्ये तीन जना स्वतन्त्र उम्मेदवार र नौ जना राजनीतिक दलका उम्मेदवार रहेका छन्। आयोगले फागुन ३ गतेसम्म घोषणापत्र बुझाउन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट