Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सार्वजनिक बिदामा यी दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने

सार्वजनिक बिदामा यी दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने

काठमाडौँ : निर्वाचनअघि सार्वजनिक बिदामा पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकले वित्तीय संस्थालाई निर्देशन जारी गर्दै सेवा सञ्चालन गर्न भनेको हो । 

राष्ट्र बैंकको निर्देशनमा सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारहरूको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवाहरू सञ्चालन गर्न भनिएको छ । 

बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । यसका लागि बुधबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार पहाडी क्षेत्रमा र मंगलबार तराईका २१ जिल्लामा सार्वजनिक बिदा हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट