Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

यो निर्वाचनको परिणामले समस्या निम्त्याउन सक्छः पृथ्वीसुब्बा गुरुङ

यो निर्वाचनको परिणामले समस्या निम्त्याउन सक्छः पृथ्वीसुब्बा गुरुङ

पोखरा : नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन् । लमजुङ प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिकृया दिँदै उनले भने, ‘उहाँहरुको दुई तिहाई बहुमत आउला जस्तो छ । यो नै हाम्रो मुलुकको लागि समस्या हुन सक्छ ।’

उनले प्राप्त मतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न सुझाएका छन् । ‘संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ । संघीयता खारेज गर्न खोज्या हो कि ? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ ।’

गुरुङले यसपालिको निर्वाचनमा मतदाताले एजेण्डालाई नभई नयाँको नाममा मात्रै मत दिएको प्रतिक्रिया दिएका छन् । ‘हरेक निर्वाचनको आफ्नो एजेण्डा हुन्छ । राष्ट्रियता, विकास, सुशासन र संविधान सम्बन्धी आफ्नो दलको धारणा हुन्छ,’ उनले अघि थपे, ‘तर, यसपटकको निर्वाचनमा जनताका समस्या समाधानको कुरा कहिल्यै उठेन । विकास र सुशासनको एजेण्डा के हो भन्नेमा कुनै छलफल भएन । खालि नयाँ भनेर मात्रै पुग्दैन ।’


उनले संविधान कार्यान्वयन र राष्ट्रिय मुद्दाहरूमा सबै दलहरूको सहमतिका आधारमा मात्र निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij