Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बालेन प्रधानमन्त्री बन्नु अघि नै सवारी साधनमा जोरबिजोर लागू गर्ने तयारी

बालेन प्रधानमन्त्री बन्नु अघि नै सवारी साधनमा जोरबिजोर लागू गर्ने तयारी

काठमाडौं : बढ्दो पेट्रोलियम खपत नियन्त्रण गर्न सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो । यसबारे आन्तरिक तयारी तीव्र बनाइएको छ र चाँडै निर्णय हुन सक्ने संकेत देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

यता यातायात व्यवस्था विभागले पनि यस विषयमा व्यवसायीसँग छलफल अघि बढाएको छ। विभागले आज नै यातायात व्यवसायीसँग औपचारिक बैठक राखेर सुझाव संकलन गर्ने तयारी गरेको जनाएको छ।

बालेन शाह प्रधानमन्त्री हुनुअघि नै उक्त प्रणाली लागू गर्ने तयारी सरकारको छ । अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij