Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै त्याग र बलिदानले स्थापित भएको होः प्रचण्ड

महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै त्याग र बलिदानले स्थापित भएको होः प्रचण्ड

काठमाडौँ :  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरुको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफूहरुको मुद्दाले जितेको बताएका हन्। जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उनको दाबी छ।

उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्नेसमेत बताए। प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताए।

उनले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसद्‌मा रचनात्मक भूमिका खेल्नेसमेत बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट