Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजेलाई तय गरिएको छ।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन्। त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्।उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन्। 

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट