Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

१० बुँदे सहमतिसँगै सुर्खेतमा सार्वजनिक यातायात पुनः सञ्चालन

१० बुँदे सहमतिसँगै सुर्खेतमा सार्वजनिक यातायात पुनः सञ्चालन

सुर्खेत : सुर्खेतमा शुक्रबार बिहानदेखि बन्द रहेका सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आएका छन् । शुक्रबार जिल्ला प्रशासन र यातायात व्यवसायीहरूबिच १० बुँदे सहमति भएसँगै सवारी साधनहरू सञ्चालनमा आएका हुन् ।

यी हुन् १० बुँदे सहमति

१. सार्वजनिक स्थानमा जथाभाबी पार्किङ गर्न नपाइने।

२. यात्राले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने

३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।

४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।

५. तोकिएको भाडादर अनुसार मात्र भाडा लिनुपर्ने।

६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।

७. सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।

८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने।

९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।

१०. यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij