Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं : अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ । वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले शनिबार घोषणा गरेका छन् ।

घटनाका काराण मृत्यु हुने अधिकांश मानिसहरु अफगानिस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।

हालै भएको भारी वर्षा पछि आएका प्राकृतिक प्रकोपले दुई हजार ४४८ घरहरु पूर्ण वा आंशिक रूपमा क्षति गरेको उल्लेख गर्दै अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उनले पुष्टि गरेका छन् ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ भने विशेष गरी दुर्गम र कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट