Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीद्वारा शपथ

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीद्वारा शपथ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij