Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रास्वपामा ‘राइट टु रिकल’ को पहिलो ‘सिकार’ बाने श्रममन्त्री, १३ दिनमै ‘आउट’

रास्वपामा ‘राइट टु रिकल’ को पहिलो ‘सिकार’ बाने श्रममन्त्री, १३ दिनमै ‘आउट’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फिर्ता बोलाउने (राइट टु रिकल) को व्यवस्था प्रयोगमा ल्याएको छ । सोही व्यवस्था अनुसार रास्वपाले १३ दिनअघिमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री बनेका दीपककुमार साहलाई फिर्ता बोलाएको हो । 

मन्त्री साहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेका थिए । त्यसबारे रास्वपाको अनुशासन आयोगले अध्ययन गरेको थियो । आयोगको अध्ययनपछि पार्टीलाई सोही अनुसार कारबाहीका लागि चैत २५ गते सिफारिस गरेको थियो । 

रास्वपा पार्टी विधानको धारा २५(४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ । 

पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई लेखेको पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (right to recall) सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गर्दछु ।’ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij