Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

२८ वर्षीया महिलामाथि बलात्कार आरोप, २३ वर्षीय युवक नियन्त्रणमा

२८ वर्षीया महिलामाथि बलात्कार आरोप, २३ वर्षीय युवक नियन्त्रणमा

कैलाली : कैलाली जिल्लाको कैलारी गाउँपालिका–३ हसुलियामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थानका २३ वर्षीय सनि चौधरीलाई नियन्त्रणमा लिइएको हो। पीडित महिलाको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनापछि प्रहरीले आरोपीमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ। यस विषयमा थप विवरण संकलन भइरहेको र कानुनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट