Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ : गण्डकी प्रदेश सरकारका नवनियुक्त्त मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहर लाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट