Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत : पर्वतको फलेबास नगरपालिका ५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार साँझ चट्याङ लागेर सख्त घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज (शनिबार) उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij