Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

नाबालिकामाथि बलात्कार गरेर फरार युवक पक्राउ

नाबालिकामाथि बलात्कार गरेर फरार युवक पक्राउ

धादिङ :  धादिङमा एक नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरी गर्भवती बनाएर फरार रहेको आरोप लागेका प्रतिवादीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय पुरुषोत्तम यादव रहेका छन् । यादवले नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले २०८२ साउन १७ गते जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दरखास्त दिएकी थिइन् ।
जाहेरी दर्ता भएदेखि नै फरार रहेका यादवको खोजी गर्ने क्रममा उनी मोरङको विराटनगरस्थित कञ्चनवारीमा लुकिछिपी बसेको सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा उनलाई वैशाख १९ गते पक्राउ गरी धादिङ ल्याइएको हो। पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि आज धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको छ।अदालतबाट सात दिनको म्याद थप अनुमति लिई उनीमाथि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट