Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत : सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकी रहेका छन्।

चालक समेत रहेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेम बहादुर केसीले बताए ।

शनिबार बिहान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर शनिबार बिहान करिब ७ बजे बागचौर नगरपालिका–१०, भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो।

भानुभक्त माध्यमिक विद्यालय, दमाचौरको निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij