Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भिरबाट लडेर चेपाङ महिलाको मृत्यु

भिरबाट लडेर चेपाङ महिलाको मृत्यु

 चितवन : चितवन राप्ती नगरपालिका १३ मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

कान्दा निवासी २३ बर्षिया कान्छिमाया प्रजाको बाटोमा चिप्लिएर भिरभाट खस्दा मृत्यु भएको कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिए ।

कान्छिमाया सामान किनेर घर फर्कदै गर्दा बुधबार अपरान्ह ४ बजेतिर कोराक ढुंगाबाङको भिरबाट करिब ७० मिटर तल खसेकी थिइन् । प्रधानाध्यापक थपलियाका अनुसार प्रजाको घटनास्थलमै मृत्यु भएको हो । मृतक कान्छिमायाको श्रीमान,२ छोरा ,१ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट