Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भारतमा फेरि इन्धन महँगियो पेट्रोल–डिजेलको मूल्य

भारतमा फेरि इन्धन महँगियो पेट्रोल–डिजेलको मूल्य

काठमाडौँ  : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै भारतमा पेट्रोल र डिजेलको मूल्य पुनः वृद्धि गरिएको छ। भारतीय तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २.६१ भारु र डिजेलमा २.७१ भारुले मूल्य बढाएको खबर दैनिक भारस्कले छापेको छ ।

नयाँ मूल्यअनुसार राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर १०२.१२ भारु र डिजेल ९५.२० भारु पुगेको छ। मे महिनामै इन्धनको मूल्य बढेको यो चौथो पटक हो। यसअघि मे १५ मा ३ भारु, मे १९ मा औसत ९० पैसा तथा मे २३ मा पनि पेट्रोल–डिजेलको मूल्य बढाइएको थियो।दिल्लीबाहेक मुम्बई, कोलकाता र चेन्नईजस्ता महानगरहरूमा पनि पेट्रोलको मूल्य प्रतिलिटर १०७ देखि ११३ भारुसम्म पुगेको बताइएको छ। 

इन्धन महँगिनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धि मानिएको छ। इरान–अमेरिका तनाव बढेसँगै क्रूड आयलको मूल्य प्रति ब्यारल ७० डलरबाट बढेर १०० डलर नाघेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट