Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

सुकुमबासी बस्ती भत्काएर सरकारले गलत गर्‍यो : गगन थापा

सुकुमबासी बस्ती भत्काएर सरकारले गलत गर्‍यो : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले काठमाडौँ लगायतका स्थानका सुकुमबासी बस्ती भत्काएर गलत गरेको बताएका छन्। 

पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजन गरेको ‘विस्थापनको व्याकुलताः सहरी सुकुमबासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ शीर्षकको ग्रिन टेबल छलफल कार्यक्रममा सरकारले सुकुमबासी बस्तीका घर टहरा हटाएर मानिसको आत्मसम्मानपूर्वक बाच्न पाउने अधिकारमा ठेस पुर्‍याएको बताए । 

‘सुकुमबासीहरूको राति सुत्दा घर छ, बिहान उठ्दा घर हुँदैन त्यसलाई कसै गरी उपयुक्त भन्न सकिन्न,’ सभापति थापाले भने, ‘भत्काउनेले जाबो एउटा टहरो भत्काएको भन्नु उपयुक्त हुन्न । संविधानले नै भूमिहीन दलितलाई एक पटकलाई भूमि दिनुपर्छ भनेको छ ।’

उनले कांग्रेसका तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिलाई सुकुमबासीको व्यवस्थापनका नाममा विधि र प्रक्रियाबिना भत्काएमा कारबाही गर्ने चेतावनी दिएको बताए। उपयुक्त स्थानमा अर्को व्यवस्था गरेर मात्रै सुकुमबासी बस्तीलाई हटाउन निर्देशन दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij