Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

राप्ती नदीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

राप्ती नदीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन : चितवनको जगतपुरस्थित राप्ती नदीमा गोहीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ निवासी ६० वर्षीय कुलबहादुर चोखाल रहेका छन्। स्थानीयका अनुसार उनको शव मंगलबार बिहान राप्ती नदी किनार क्षेत्रमा गोहीको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको हो।

चोखाल सोमबार दिउँसो घाँसदाउरा संकलन गर्न भन्दै घरबाट निस्किएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य तथा स्थानीयवासीले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा मंगलबार बिहान राप्ती नदी किनारमा उनको शव भेटिएको थियो। प्रारम्भिक रूपमा गोहीको आक्रमणका कारण मृत्यु भएको अनुमान गरिएको छ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। राप्ती नदी आसपासका क्षेत्रमा गोहीको जोखिम रहेकाले नदी किनारमा जाँदा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट