Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

देवघाटमा महिला मृत अवस्थामा फेला

देवघाटमा महिला मृत अवस्थामा फेला

चितवन : चितवनको देवघाट क्षेत्रमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको तिमिल्सिना कुल मन्दिरको हलभित्र मंगलबार बिहान करिब ८ः३० बजे अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी एक महिला मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार मृतकको नाम, थर तथा स्थायी ठेगाना हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानबाट ती महिला देवघाट क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै हिँड्ने गरेको बुझिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनबमोजिम मुचुल्का लगायतका आवश्यक प्रक्रिया पूरा गरेको जनाएको छ। महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट