Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गोरुको मुख जमिनमा गाडेर निर्दयी व्यवहार गर्ने थापा पक्राउ

गोरुको मुख जमिनमा गाडेर निर्दयी व्यवहार गर्ने थापा पक्राउ

काठमाडौँ : जोत्ने क्रममा गोरु बसेपछि मुख जमिनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।प्युठानको गौमुखी गाउँपालिका १ वस्ने वर्ष अन्दाजी ३६ का जालिराम थापा मगरले आफ्नै खेतबारीमा गोरू लिई जोतिरहेको अवस्थामा गोरू हिड्न नसकी खेतमा बसेपछि गोरुको नाक, मुख माटोमा गाडेर निर्दयी व्यवहार गरेको भिडिओ बाहिरिएको थियो। 

भिडियो बनाइ सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कुसरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट