Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, ४ को अवस्था गम्भीर

इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, ४ को अवस्था गम्भीर

मकवानपुर : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोला (खोल्सा) स्थित दक्षिणकाली सडक खण्डमा शनिबार सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको BAA 9768 नम्बरको बोलेरो ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ। प्रारम्भिक विवरणअनुसार ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको छ। सुमो चालक काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली खटिएको छ। दुर्घटनापछि सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ भने दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij