Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित

रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित

धादिङ  ; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले अर्याललाई जिल्ला सभापति निर्वाचित गरेको हो । उनी हाल रास्वपा बागमती प्रदेश कमिटी सदस्य हुन् ।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका छन् ।त्यस्तै, उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लीला श्रेष्ठले ७७ मत प्राप्त गरे ।

सचिव पदमा राम भण्डारी १६२ मत सहित निर्वाचित भएका छन् । सचिवका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका छन् ।यस्तै, सहसचिव पदमा श्रीराम आचार्य १६० मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij