Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने

कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने

काठमाडौँ : नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि बन्नका लागि केन्द्रीय सदस्यहरूलाई पनि वडा तहबाटै प्रतिस्पर्धा गरेर आउनुपर्ने नयाँ नियम प्रस्ताव गरिएकाे छ। 

उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहलाई पार्टीभित्रको आन्तरिक सहमतिका लागि पठाएको ७ बुँदे प्रस्तावमा यस्तो व्यवस्था उल्लेख छ। प्रस्तावको बुँदा नम्बर ४ मा लेखिएको छ, 'महाधिवेशनमा स्वतः भाग लिन पाइने परम्परा अन्त्य गरी, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने'।

कांग्रेसमा यसअघि केन्द्रीय सदस्यलाई महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गरेर आउनुपर्ने अनिवार्य व्यवस्था थिएन। इच्छुक केन्द्रीय सदस्य प्रतिस्पर्धा गरेर आउँथे। इच्छा नलाग्नेहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्थे। इतर समूहले यो प्रस्ताव स्वीकार गरी नसकेकाले यो प्रस्ताव लागू हुने निश्चित भइसकेको भने छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij