Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर

विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् । मंगलवार प्रतिनिधि सभामा मन्त्रालयगत छलफलमा बोल्दै प्रमुख सचेतक महरले यस्तो बताएका हुन् । 

उनले बजेटले बझाङ,अछाम, दाचुला,बाजुरा, हुम्ला र जुम्ला नदेखेको बताए । उनले दुरदराज मात्रै नभएर आगामी आर्थिक वर्षको बजेटले गरिब,पिछडीएको वर्ग,दलित,बालबालिका र महिला पनि नदेखेको टिप्पणी गरे । उनले भने,‘ एक प्रकारले भन्ने हो भने गैरजिम्मेवार, हावाभरिएको बेलुन जस्तो बजेट ल्याएर जनमतको अपमान गर्नु भयो ।’

विकासे मन्त्रालयहरुमा गरिएको बजेट स्वागत योग्य भए पनि सहरी क्षेत्रमा मात्रै केन्द्रित भएको उल्लेख गरे । उनले भौतिक पूर्वाधारको बजेट सहरी क्षेत्रमा भन्दा पनि विकास नभएको विकट क्षेत्रमा विनियोजन हुनु पर्ने त्यसको उल्टो देखिएको बताए । उनले सहरीकरणसँग जोड्नु पर्ने क्षेत्रमा बजेट विनियोजन नभएको भन्दै अर्थमन्त्रीेले विभेदकारी बजेट ल्याएको आरोप लगाए । 

उनले विभेदकारी बजेट भएकाले अर्थमन्त्रीले भनेको जस्तो कम्युनिष्ट बजेट नभएको उल्लेख गरे । उनले शिक्षा क्षेत्रमा प्रर्याप्त बजेट विनियोजन भए त्यसमा पनि शिक्षामा कर लगाएको भन्दै असन्तुष्ट जनाए । उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिन नसकेको उल्लेख गरे । प्रमुख सचेतक महरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षकहरुको तलब वृद्धि गर्नु पर्ने भए पनि सरकारले त्यस्तो काम नगरेको बताए ।  उनले कृषि क्षेत्रको विकासका लागि बजेटले प्राथमिकतामा नपरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij