Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मौसम : आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

मौसम : आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ  :  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पनि कोशी, गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट