Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

राप्ती जेसिजद्वारा विकट गाउँ कान्दामा खाद्यान्न तथा औषधि वितरण

राप्ती जेसिजद्वारा विकट गाउँ कान्दामा खाद्यान्न तथा औषधि वितरण

चितवन : राप्ती जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–१३ कान्दास्थित श्री कान्देश्वरी आधारभूत विद्यालयमा खाद्यान्न तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ।

राप्ती जेसिज वर्ष २०२६ का अध्यक्ष प्रजित रुवालीको संयोजकत्वमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी खाद्यान्न र अत्यावश्यक औषधि वितरण गरिएको थियो। दुर्गम क्षेत्रमा रहेका नागरिकको आधारभूत आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा राप्ती जेसिज वर्ष २०२३ का अध्यक्ष तथा वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी सुजन थापा काजी, कानुनी सल्लाहकार जेसी सञ्जय कार्की, सहसचिव आयुष श्रेष्ठ, निर्देशक रञ्जित खनाल, सदस्य कुशल कडेललगायत जेसिजकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सेवामार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

अध्यक्ष प्रजित रुवालीले दुर्गम क्षेत्रमा रहेका समुदायको आवश्यकता पहिचान गरी सहयोग पुर्याउनु राप्ती जेसिजको सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, जेसिज सदस्य, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति राप्ती जेसिजले हार्दिक आभार व्यक्त गरेको छ। सामाजिक सेवाप्रति समर्पित संस्थाका रूपमा राप्ती जेसिजले समुदायको आवश्यकता अनुसार यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट