Logo

Nov 14 2026 | २०८३, कार्तिक २९गते

चितवनमा कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु, दुई जना घाइते

चितवनमा कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु, दुई जना घाइते

चितवन : भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।आज (शुक्रबार) बिहान करिब ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको हो।

कारको ठक्करबाट भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ९ः५४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट