Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

बहुविवाह आरोपमा महिला पक्राउ, सामाजिक सञ्जालमार्फत आर्थिक बार्गेनिङ गरेको समेत आरोप

बहुविवाह आरोपमा महिला पक्राउ, सामाजिक सञ्जालमार्फत आर्थिक बार्गेनिङ गरेको समेत आरोप

चितवन : बहुविवाहको आरोपमा पक्राउ परेकी चितवनकी एक महिलामाथि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्बन्ध विस्तार गरी आर्थिक लाभ लिन खोजेको तथा रकम नदिए झुट्टा मुद्दामा फसाइदिने धम्की दिएको आरोप लागेको छ ।बागलुङ नगरपालिका घर तथा माइती भएकी र हाल खैरहनी नगरपालिका–२, चैनपुरमा बस्दै आएकी करिब ३८ वर्षीया सोनु भन्ने सुनिता रोकालाई जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ ९ गते बहुविवाहको कसुरमा पक्राउ गरेको हो ।

 

अनुसन्धानसँग सम्बन्धित विवरणअनुसार उनले फेसबुक, टिकटक र ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क बढाउने, कुराकानी तथा च्याटका विवरण संकलन गर्ने र पछि तिनै सामग्रीलाई दबाबको माध्यम बनाउने गरेको आरोप छ। सेना, प्रहरी, व्यापारी, कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका एक दर्जनभन्दा बढी व्यक्तिसँग सम्बन्धित गुनासा रहेको बताइएको छ।रकम नदिए झुट्टा मुद्दामा फसाइदिने धम्की दिएको र विभिन्न व्यक्तिसँग आर्थिक बार्गेनिङ गरेको आरोपसमेत उनीमाथि लागेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।यद्यपि, पक्राउ पर्नु मात्र कसुर प्रमाणित हुनु होइन । उनीमाथि लागेका आरोपको अन्तिम टुंगो अनुसन्धान र अदालतको न्यायिक प्रक्रियाबाटै लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट