Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

कहिले बन्ला चक्रपथको दोस्रो खण्ड ?

कहिले बन्ला चक्रपथको दोस्रो खण्ड ?

काठमाडौँ : राजधानीको चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारका लागि नेपाल र चीनबिच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन।

 निर्माण कार्य सुरु नहुँदा स्थानीय बासिन्दा लामो समयदेखि वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन्। यो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदा ८.२ किलोमिटर लामो कलंकी–महाराजगञ्ज खण्डलाई समेटिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरीय चीन भ्रमणका क्रममा नेपाल र चीनबीच जारी १२ बुँदे संयुक्त वक्तव्यमा पनि काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्याइएको थियो। हाल कलंकीदेखि महाराजगञ्जसम्म सर्भिस लेन निर्माणको काम सुरु गरिए पनि मुख्य सडक विस्तारले भने अझै गति लिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट