Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !!

जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !!

चितवन : चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन्। सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत व्यवसायी सहभागी थिए।

 

भेटका क्रममा अध्यक्ष अधिकारीले जग्गा कारोबारबाट सरकारलाई उल्लेख्य राजस्व प्राप्त हुने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताए। उनले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन, भू–उपयोग नीतिलाई स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थामा व्यवसायीलाई सहज हुने गरी पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे।जग्गा कारोबारमा देखिएका समस्याले व्यवसायी मात्र नभई सर्वसाधारणको जग्गा किनबेच तथा आवास निर्माणसमेत प्रभावित भएको व्यवसायीको भनाइ थियो। उनीहरूले नीतिगत स्पष्टता र सहज प्रक्रियाले घरजग्गा क्षेत्रको गतिविधि बढाउनुका साथै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखे।

 

जवाफमा मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताइन्। उनले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीले बताएका छन्।

जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटेमा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन र आवास निर्माणका गतिविधि सहज बनाउन सहयोग पुग्ने अपेक्षा व्यवसायीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij