Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु

ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौँ :  काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। लमजुङ घर भएका रामकृष्ण अवालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार हुँदै छ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट