काठमाडौं : अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार सार्वजनिक गरिएको टिजरले अटिजम भएकी दिदी र भाइबीचको आत्मीय सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
चलचित्रको टिजर सम्पादन साहिल खानले गरेका हुन्। यसअघि सार्वजनिक भएको रत्यौली गीत ‘नौतुना रेलैमा’ले पनि दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ।चलचित्रको कथा तथा निर्देशन नीता ढुङ्गानाकै रहेको छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन्। चलचित्रमा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij