Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

बाढी प्रभावित पशुचौपायाको स्वास्थ्य जाँच तथा उपचारका लागि प्राविधिक टोली नुवाकोटमा

बाढी प्रभावित पशुचौपायाको स्वास्थ्य जाँच तथा उपचारका लागि प्राविधिक टोली नुवाकोटमा

काठमाडौँ :  बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै  कृषि , वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली पुगेको छ। 

बाढी प्रभावित क्षेत्रका पशु स्वास्थ्य तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पहल तथा उद्धार–राहतसम्बन्धी गतिविधिबारे जानकारी गराएको छ।

त्यसैगरी, टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।

बाढीका कारण प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै आवश्यक औषधि तथा खोपसहितका सामग्री उपलब्ध गराइएको टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट