Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

बर्षाका कारण नेपाल र जापानबीचको खेल नतिजाबिहीन, समूह बिजेता बन्दै नेपाल क्वाटरफाइनलमा

बर्षाका कारण नेपाल र जापानबीचको खेल नतिजाबिहीन, समूह बिजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं  : जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेन । करिब एक घण्टा ढिला सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो । नेपालका लागि जोराले ३२ बलमा ५७ रन तथा लोकेशले २२ बलमा ५२ रन बनाए । दुवै खेलाडी अविजित रहे । आसिफ शेखले २१ रनको योगदान दिए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि पिच ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन घोषित भयो ।

यससँगै नेपाल समूह ‘ए’को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले २ खेलबाट ३ अंक जोड्यो । अफगानिस्तान २ अंकसहित समूह उपविजेता बन्यो ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलमा अफगानिस्तानले भारतको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij