Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

एआइजी दाहालको पदावधि थप होला ?

एआइजी दाहालको पदावधि थप होला ?

काठमाडौं : सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहालको पदावधि १२ दिनपछि सकिदैछ। उनको पदावधि थप हुन्छ कि हुँदैन भन्ने विषय सशस्त्र प्रहरीमा चर्चामा छ। पदावधि थपका लागि बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। यससम्बन्धि निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने प्रावधान छ । 

एआइजी दाहालको पदावधि चार वर्ष पुरा हुन लागेको छ । एआइजीको पदावधि ४ प्लट १ हुने प्रावधान सशस्त्र प्रहरी नियमावलीमा छ।२०७९ सालमा चलखेलका आधारमा आफ्नो लागि दरबन्दी नै थपेर दाहालको बढुवा भएको थियो। सशस्त्रको आइजिपी नै हुने प्रयास गरेपनि उनी सफल भएनन्। अहिले पदावधि थपमै पनि समस्या छ । किनकी सशस्त्रमा एआइजीको पदावधि पाँच वर्ष लामो भएको भनेर प्रश्न उठिरहेको छ । उच्च अधिकारीले लामो समय जागिर खाने तर तल्लो तहमा बढुवाको जाम हुने अवस्था छ । त्यसपटक यसपटकदेखि सरकारले उच्च अधिकारीको पदावधि थप नगर्न पनि सक्छ। 
अर्कोतर्फ  सशस्त्र प्रहरीको सिंस १ डिआइजीहरु उनको पदावधि थप नहोस् भनेर लागेका छन्।पदावधि थप नभएमा एक डिआइजीको बढुवा हुन्छ। सिंस १ बाट अञ्जनीकुमार पोखरेल एआइजी भइसकेका छन्। सुरेश श्रेष्ठ, दीपेन्द्र शाह, पुरुषोत्तम थापा लगायत पनि छिटो एआइजी हुने खेलमा छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij