Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

अर्थमन्त्री वाग्लेको दौडधुप : भारत र दोहापछि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्लेको दौडधुप : भारत र दोहापछि अमेरिका प्रस्थान

काठमाडौँ : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको विदेश दौडधुप बाक्लिएको छ । असोज १ गतेदेखि तीन दिने भारत भ्रमण सकाएर फर्केका अर्थमन्त्री बाग्ले असोज १० गते दोहा प्रस्थान गरेका थिए । अमेरिकाबाट प्रधानमन्त्री वालेन्द्र शाह फर्केकै दिन उनी दोहा उडेका थिए । दोहाबाट उनी असोज १४ गतेका स्वदेश फर्केका थिए । दुई दिन बसेर उनी हिजो अर्थात असोज १६ गते राति अमेरिका प्रस्थान गरेका छन् । दुई दिनपछि अमेरिकाबाट फर्केपछि उनी सम्भवतः ३० गते बैंकक प्रस्थान गर्ने बताइएको छ । मन्त्रीका सचिवालयका अनुसार विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको  निमन्त्रणामा उनी अमेरिका भ्रमणमा गएका हुन् । अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको हो । यही असोज १९ र २० गते (अक्टोबर ५–६) मा हुने उक्त भ्रमणका क्रममा अमेरिकी सरकारका उच्च तहका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रीका सचिवालयले जनाएको छ। साथै द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुने बताइएको छ । अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र डिएफसीका उच्च पदस्थ अधिकारीहरू छलफल गर्ने बताइएको छ । छलफलका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij