Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ ‘सुरक्षित समाज, सुदृढ समाजः डेटामा आधारित सुशासनको अनुभव आदानप्रदान’ शीर्षकमा आयोजित छलफलमा उनले चालकको लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सडक प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले सवारी सञ्चालनमा जिम्मेवार हुनुपर्नेमा जोड दिए ।सडक सुरक्षासम्बन्धी भारतका जानकार वेङ्कटेश वालासूत्रपणीयनले चालक सचेत एवं जिम्मेवार र भएमा सडक दुर्घटना घटाउन सकिने बताए ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका प्रहरी अधिकृत र सञ्चारकर्मीको सहभागी थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij