Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला

दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला

चितवन : विद्युतीय सवारीसाधन (ईभी) का केही दुर्घटनालाई आधार बनाएर समग्र प्रविधिलाई असुरक्षित भन्न नहुनेमा चितवनका सरोकारवालाले जोड दिएका छन्। दुर्घटनाको वास्तविक कारण पहिचान गर्दा चालकको व्यवहार, चार्जिङको अवस्था, ब्याट्री तथा सवारीको कन्डिसनलाई समेत विश्लेषण गर्नुपर्ने उनीहरूको भनाइ छ।
चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा) चितवनको आयोजनामा भएको ईभी सचेतना तथा जनचेतनामूलक कार्यक्रममा ईभीको सुरक्षा, प्रविधि, चार्जिङ प्रणाली र सुरक्षित प्रयोगबारे जानकारी दिइएको हो।उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले एउटा दुर्घटनाका आधारमा सबै ईभीलाई असुरक्षित भन्न नहुने बताउनुभयो। उहाँले दुर्घटनाको कारण तथ्यका आधारमा खोजिनुपर्ने र ईभीले वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पुर्‍याउने पक्षलाई पनि हेर्नुपर्ने बताउनुभयो।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नयाँ प्रविधिको प्रयोगसँगै सुरक्षा मापदण्ड र सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो।

ईभी प्रविधिबारे प्रस्तुति दिँदै रविन पौडेलले आधुनिक ईभीमा चालक तथा यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि र सुरक्षा प्रणाली प्रयोग हुने जानकारी दिनुभयो। कार्यक्रममा ब्याट्री, चार्जिङ, नियमित परीक्षण तथा मर्मतसम्भारबारे पनि सचेत गराइएको थियो।
काडा चितवनका अध्यक्ष इन्द्र रेग्मीले ईभीसम्बन्धी गलत सूचना तथा अफवाह फैलाउन नहुनेमा जोड दिनुभयो। कार्यक्रममा प्रहरी, उद्योग वाणिज्य संघ तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij