रत्ननगर : रत्ननगर–१२ स्थित टिकौलीचौरमा प्रथम राष्ट्रिय पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार सुरु प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले गरेका हुन्।उद्घाटन खेलमा एन्फा मकवानपुरले आयोजक न्यू पञ्चदिप युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको छ। एन्फा मकवानपुरका समीर सुनार म्यान अफ द म्याच घोषित भए।प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij