Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

वायु प्रदूषणमा काठमाडौं विश्वकै ११औँ स्थानमा

वायु प्रदूषणमा काठमाडौं विश्वकै ११औँ स्थानमा

काठमाडौं :  काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा परेको छ । वायु प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरको बुधबार बिहानको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये ११औँ स्थानमा रहेको हो ।

बिहान ५ देखि ६ बजेसम्मको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ । यो स्तरलाई अस्वस्थकर मानिन्छ ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर २७० एक्यूआईसहित रहेको छ । दोस्रोमा बंगलादेशको ढाका २१९, तेस्रोमा भारतको कोलकाता १९८ र चौथोमा अफगानिस्तानको काबुल १८४ एक्यूआईसहित छन् ।

त्यस्तै, भारतको दिल्ली पाँचौँ, इन्डोनेसियाको जकार्ता छैटौँ र पाकिस्तानको कराँची दसौँ स्थानमा छन् ।

काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले सावधानी अपनाउनुपर्ने जानकारहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट