Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

रौतहटमा ९ एमएम पेस्तोलका २७ थान गोली बेवारिसे अवस्थामा बरामद

रौतहटमा ९ एमएम पेस्तोलका २७ थान गोली बेवारिसे अवस्थामा बरामद

रौतहट :  रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा ९ एमएम पेस्तोलमा प्रयोग हुने २७ थान गोली बेवारिसे अवस्थामा बरामद भएको छ।

सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मंगलबार राति सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको प्लास्टिकको झोलाबाट उक्त गोली बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले कानुपट्टी सीमा क्षेत्रमा सेतो प्लास्टिकको झोला फेला पारेपछि जाँच गरेको थियो।

जाँचका क्रममा झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा ठूलो संख्यामा गोली बेवारिसे अवस्थामा फेला परेपछि सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिएको छ। बरामद गोली कसले, कहाँबाट र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा भने खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट